पोल्याण्डले राष्ट्रिय रंगशालालाई कोरोना अस्पताल बनायो

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले राष्ट्रिय रंगशालालाई नै कोरोना विशेष अस्थायी अस्पतालमा रुपान्तरण गरेको छ। राजधानी वार्सामा रहेको राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पतालमा परिणत गर्ने निर्णय गरिएको हो।

सरकारका प्रवक्ता पिओट्र मुलरले सोमबार दिएको जानकारी अनुसार त्यहाँ झण्डै पाँच सय विरामीलाई कोठा पुग्ने कोठा छन्।

Advertisement

कोठाहरुमा आवश्यकता परेका विरामीलाई अक्सीजन सहितको थेपारीको व्यवस्था गर्न लागिएको उनको भनाइ छ।

‘देशमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या अत्यन्त छिटोछिटो वृद्धि भइरहेको छ, ती सवैलाई थेग्न हाम्रो अहिलेको अस्पतालले नसक्ने भएको छ, त्यसैले हामीले अस्थायी प्रयोगका लागि रंगशालामा अस्पताल बनाउन लागेका हौं,’ प्रवक्ता मुलरले भने ।

तर त्यो अस्पतालका लागि चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरुको पर्याप्त व्यवस्था भने सरकारले कसरी गर्न सक्छ भन्नेबारे अहिलेसम्म पनि अस्पष्ट रहेको छ । पोल्याण्डमा अहिले स्वास्थ्यकर्मीहरुको कमी भएको छ।अस्थायी अस्पताल बनाउन लागिएको रंगशालामा ५८ हजार ५०० जना दर्शक बस्न मिल्ने क्षमता छ ।

More News last news
Loading...