काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी प्रभावशाली नेतृ डा. डिला संग्रौलाले सबै सांसदहरुले दशैँ भत्ता वापतको रकम फिर्ता गर्नुपर्ने बताएकी छन्।
प्रतिनिधिसभा सदस्य समेत रहेकी नेतृ संग्रौलाले कोरोना भाइरसको महामारीका कारण जनता विचल्लीमा परेको अवस्थामा सांसदहरुले पाएको दशैं भत्ता वापतको रकम काँग्रेस संसदीय दलले सामूहिक निर्णय गरेर फिर्ता गर्नुपर्ने बताएकी हुन् ।
‘नेतृ संग्रौलाले भनेकी छन्, ‘सासंदहरुलाई दशैँ खर्च बितरणको प्रसङ्ग र कोरोना महामारीको परीक्षण र उपचार ब्यक्ति आफैले गर्नुपर्ने सरकारको निर्णय प्रति आम नेपाली जनता सामाजिक सन्जालमा समेत आक्रोसित बन्नपुगेका छन्।’
‘एक–दुई जना सासंदले दशैँ खर्च फिर्ता गरेर मात्र हुन्न। सिंगो संसदीय दलले सामूहिक निर्णय गरि सबै सासंदले पाउने दशैँ खर्चको रकम कोरोना परिक्षण र उपचार खर्चमा लगाइनु पर्दछ।’ उनले भनिन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
