कैलाली । जिल्लामा गस्तीमा खटिएका असईको शव नदीमा फेला परेको छ। जिगडाबाट सीमा क्षेत्रमा गस्ती गएका असई गोविन्द विकको शव मोहना नदीमा फेला परेको हो।
मृतक विकको शव बर्दिमै भेटिएको छ। बर्दिमा भएकाले उनी डिउटिमै भएको पुष्टि हुने प्रहरीको भनाइ छ। विकसँगै मोटरसाइकलमा गएका हवल्दार रामबहादुर साउद बेपत्ता छन्।
घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने प्रहरीको भनाइ छ। घटनाबारे थप विवरण आउन बाँकी छ। अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
