पूर्वमन्त्री यादवको निधन

विराटनगर । पूर्वमन्त्री डा. डम्बरनारायण यादवको निधन भएको छ। उपचारको क्रममा ८५ वर्षीय यादवको विराटनगरमा निधन भएको हो।

उनको ब्रेन हेम्ब्रेजका कारण निधन भएको यादवका छोरा मनोज यादवले जानकारी दिए। चारदिन अघि घरमा अचानक बेहोस भएका यादवको विराटनगरमा उपचारका लागि लगिएको थियो।

Advertisement

यादव पञ्चायती व्यवस्थामा शिक्षा मन्त्री बन्नुभएको थियो। प्रजातन्त्रपछि भने उनी नेपाल सद्भावना पार्टीमा सक्रिय भएका थिए।

More News last news
Loading...