टिभीएस र इसेवाबीच सहकार्यः बडादशैंमा मोटरसाइकल जित्न सकिने यस्तो छ योजना

काठमाडौं । टिभीएस मोटर्सको आधिकारीक बिक्रेता कम्पनी जगदम्बा मोटर्स र इसेवाबीच सम्झौंता भएको छ।

आजबाट सुरु भएको बडादशैंको अवसरमा गर्ने कुनैपनि भुक्तानी इसेवाबाट गर्दा धेरै उपहार जित्न सकिने योजना अन्तर्गत टिभीएस अपाचे टूभी जित्न सकिने योजना संचालनमा आएको छ।

Advertisement

टिभीएसले धेरै क्षेत्रमा आफ्नो सहकार्य बढाउँदै ग्राहक लक्षित क्याम्पेन संचालन गरिरहेको छ। यहि क्रममा इसेवासँगको साझेदारी गरेर ग्राहकलाई दशैंमा केहि नयाँ दिने कोशिस टिभीएसले गरेको छ।

टिभीएस नेपालमा तिब्र विस्तार हुँदै आएको ब्राण्ड हो। नेपालमा सबैभन्दा धेरै रेञ्जमा मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको कम्पनीले ग्राहकलाई १ लाख ४० हजारदेखि ७ लाखभन्दा माथि मूल्यको मोटरसाइकल बिक्री वितरण गर्दै आएको छ।

अहिले टिभीएसको अपाचे सिरिजमा १६० टूभी, १६० फोर भीमा ५ भेरियन्ट, २०० फोर भीमा दुई भेरियन्ट, स्टाइकर, रेडन, जुपिटर क्लासिक, वीगो, एनटर्कको विभिन्न ३ भेरियन्ट, आरआर ३१० लगायतका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ।

More News last news
Loading...