काठमाडौं । विवेकशील नेपाली दलले बागमती प्रदेश सरकारलाई प्रदेश सभाका सांसद तथा प्रदेश सरकारका मन्त्रीहरूलाई दशैं भत्ता नबाँड्न आग्रह गरेको छ।
कोरोना महामारीको समयमा दिन अनुकूल नभएकाले यदि रकम बाँडेको भए पनि फिर्ता गर्न दलले आग्रह गरेको हो।
आम सर्वसाधारण नागरिकहरू रोग र भोकले तड्पिरहेको बेलामा सांसद, मन्त्रीहरूले दसैं खर्च लिनु अनुचित कार्य रहेको दलको जनाएको छ ।
‘हामी उक्त कार्य अविलम्ब रोक्न र खातामा पठाइएको दशैं खर्च फिर्ता गरी कोभिड कोषमा दाखिला गर्न संघ एवं सबै प्रदेश सरकारहरुको ध्यानाकर्षण गर्दछौं’, दलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बागमती प्रदेशमा रहेका हाम्रा सांसदहरूले उक्त रकम नलिने र प्राविधिक रूपमा खातामा आइसकेको भए फिर्ता गर्ने व्यहोरासमेत जानकारी गराउँछौं।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
