कोरोना फैलिएपछि ललितपुरमा भोलिदेखि अत्यावश्यक बाहेकका सेवा बन्द

ललितपुर । कोरोना भाइरस संक्रमण फैलिएकाले ललितपुरमा कात्तिक २ गतेदेखि अत्यावश्यकबाहेकका सेवा प्रवाह स्थगित गर्ने भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) सबै सरोकारवाला निकायसँगको छलफल, परामर्श एवं निष्कर्षका आधारमा अनिश्चितकालका लागि सार्वजनिक सेवा प्रवाह स्थगित गर्ने निष्कर्ष निकालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Advertisement

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले शुक्रबार सूचना जारी गर्दै कोभिड १९ को संक्रमण दर अत्यधिक बढिरहेकोले सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालहरुमा भीडभाड भइ सेवाग्राहीमा संक्रमणले भयावह रुप लिन सक्ने भन्दै कात्तिक २ गतेबाट अर्को सूचना नभएसम्मका लागि जिल्लाभित्र अत्यावश्यकबाहेक सेवाप्रवाह स्थगित गरिने जानकारी गराएका हुन् ।

More News last news
Loading...