काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन्।
मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ७ सय ८४, ललितपुरमा ३ सय ७४ र भक्तपुरमा २ सय ४४ जना संक्रमित देखिएका हुन्।
त्यस्तै नेपालभर पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि भएको छ। नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ।
त्यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ। जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३३६ र होम आइसोलेशनमा २५ हजार ४६ जना रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
