नेपालमा पछिल्लो २४ घण्टामा थपिए ३७४९ कोरोना संक्रमित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्।

Advertisement

मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ। यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ थियो।

पछिल्लो २४ घण्टामा थप ३५६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८४ हजार ५१८ पुगेको छ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७८ हजार ७८० रहेको थियो।

मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६७५ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।

More News last news
Loading...