सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ।
तेह्रथुम घर भएका ४९ वर्षीय पुरुषको बुधबार साँझ ७ बजेतिर उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशीष श्रेष्ठले बताए।
धनकुटा अस्पतालबाट असोज २५ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएका उनमा निमोनिया देखिएको थियो। योसँगै प्रतिष्ठानमा ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
