काठमाडौँ । संघीय सांसद सानु शिवा पहाडीको निधन भएको छ। पहाडीको बुधबार बिहान निधन भएको हो।
संस्कृतिकर्मी समेत रहेकी शिवा सत्तारुढ दल नेकपाको तर्फबाट समानुपातिकतर्फको संघीय सांसद हुन्। शिवाको केही वर्षअघि मिर्गौला फेरिएको थियो।
हाल उनमा मुटुको समस्या आएपछि काठमाडौँको केएमसी अस्पतालमा उपचार भइरहेको थियो।
प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सानु शिवा पहाडीको निधनप्रति दुःख व्यक्त गरेका छन्।
त्यस्तै उनले भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ।
उनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
