आज पनि घट्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । आज साताको चौथो दिन अर्थात बुधबार सुनको मूल्य घटेको छ।

आज छावापाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

हिजो छापावाल सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कोरोबार भएको थियो।

More News last news
Loading...