काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा कार्यरत चार जना कर्मचारीमा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यो सँगै प्रशासनबाट हुने अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि रोकिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।
दाहालका अनुसार बुधबारबाट लागू हुने गरी शान्ति सुरक्षा, ठाडो निवेदन, उजुरी, मुद्दाको सुनुवाई र विपद् व्यवस्थापनबाहेकका सेवा स्थगित गरिएको छ।
परिस्थितिको विश्लेषण गरेर अवस्था अनुसार नयाँ सूचना जारी गरी सेवा सुचारु गरिने पनि उनले बताए। ललितपुर र भक्तपुरमा भने कार्यालय सञ्चालन भइरहेका छन्। तर, भिडभाड बढेको भन्दै दुई जिल्लामा पनि के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
