आज घट्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । आज साताको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्य घटेको छ।

आज छावापाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

हिजो छापावाल सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कोरोबार भएको थियो।

More News last news
Loading...