सडक खन्ने क्रममा डोजर पल्टिँदा एक जनाको मृत्यु, चालक फरार

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा सडक खन्ने क्रममा डोजर पल्टिँदा एक जनाको ज्यान गएको छ।

सडक खन्ने क्रममा स्थानीय वडा नं. ९ का ३७ वर्षीय दीपेन्द्र ओलीको ज्यान गएको प्रहरीले जनाएको छ।

Advertisement

नविन कृष्ण कन्ट्रक्शन प्रालीको रा १ क ११३७ नम्बरको डोजरका चालक दीपक ओली भने घटनापछि भागेका छन्।

घटनालगत्तै मृतक ओलीका आफन्तले आन्दोलन गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

मृतकका आफन्तले अहिलेसम्म शव बुझेका छैनन्। दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने आफन्तको अडान छ।

More News last news
Loading...