काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका सबै सरकारी अस्पताललाई कोरोना अस्पताल बनाउने भएको छ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले उपत्यकामा कोरोना सङ्क्रमितको उपचारका लागि सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
मन्त्रालयले स्वास्थ्य सेवा विभागसँग भएका भेन्टिलेटर, आईसीयू तथा अक्सिजन कोरोना सङ्क्रमितको उपचारका लागि प्रयोग गर्ने पनि निर्णय गरेको छ।
मनमोहन र आयुर्वेद अनुसन्धानमा लक्षणसहितका कोरोना सङ्क्रमित राखिने
यस्तै सरकारले काठमाडौँको मनमोहन शिक्षण अस्पताल दहचोक र राष्टिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा रहेका आइसोलेशन सेन्टरलाई लक्षणसहितका कोरोना सङ्क्रमित राख्नका लागि कोभिड अस्पतालमा स्तरोन्नति गर्ने भएको छ।
बैठकले अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेशन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ । यी होटलमा सङ्क्रमित बाहेक अरुलाई राख्न पाइने छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
