आज यूरोको मूल्य बढ्यो, डलरको स्थिर, कुन देशको कति ?

काठमाडौँ । आज सोमबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ भने यूरो र यूके पाण्डको मूल्य बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा तोकेको छ।

Advertisement

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३८ रुपैयाँ ३ पैसा छ भने बिक्रीदर मूल्य १३८ रुपैयाँ ७४ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५२ रुपैयाँ ३० पैसा छ भने बिक्रीदर मूल्य १५३ रुपैयाँ ९ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...