साझा पार्टीको प्रवक्तामा शरदराज पाठक नियुक्त

काठमाडौँ । साझा पार्टीको प्रवक्तामा शरदराज पाठक नियुक्त भएका छन्।

साझा पार्टीको केन्द्रीय सचिवालयले शनिबार प्रेस विज्ञप्तिमार्फत् छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्तामा नियुक्त गरिएको जनाएको हो।

Advertisement

पाठक गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट उमेदवार बनेका थिए।

सक्रिय राजनीतिमा लाग्नुभन्दा अगाडि पाठक विभिन्न सञ्चारमाध्यमको सम्पादकीय टिममा बसेर काम गरेका थिए।

More News last news
Loading...