सुसाङ्ख्य कम्पनीले उत्पादन गरेको ह्याण्ड स्यानिटाइजर प्रयोगमा प्रतिबन्ध

काठमाडौँ । औषधि व्यवस्था विभागले सुसाङ्ख्य कम्पनीले उत्पादन गरेको ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ।

साथै सुसाङ्ख्य कम्पनीले उत्पादन गरेको एरोसफ्ट इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर प्रयोग नगर्न आग्रह गरेको छ।

Advertisement

बजारमा बिक्री वितरणमा रहेको ह्याण्ड स्यानिटाइजरको नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन मिथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको विभागले जनाएको छ।

यसअघि पनि औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका विभिन्न नौ ह्याण्ड स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको थियो।

More News last news
Loading...