काठमाडौं । बरिष्ठ डेन्टल सर्जन डा. बुद्धिमान श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ। श्रेष्ठले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना सँक्रमण पुष्टि भएको बताएका हुन्।
गृह जिल्ला स्याङ्जाको चापाकोट नगरपालिकामा रहँदा गत आइतबार सामान्य ज्वरो आउने, जिउ दुख्ने भएपछि राजधानी फर्किएर पिसिआर टेष्ट गर्दा आफ्नो र नातिको रिर्पोट ‘पोजेटिभी’ आएको र अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् ।
श्रेष्ठ कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर काठमाडौं बसुन्धराका अध्यक्ष समेत हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
