फेरि घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज शुक्रबार पनि अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४९ पैसा तोकेको छ। हिजो डलरको खरिददर मूल्य ११७ रुपैयाँ ४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७४ पैसामा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २७ रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३७ रुपैयाँ ४२ पैसा छ भने बिक्रीदर मूल्य १३८ रुपैयाँ १२ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ २८ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ ५ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...