काठमाडौँ । आज साताको पाँचौ दिन अर्थात बिहीबार पनि सुनको मूल्य घटेको छ।
आज प्रतितोला २ सय रुपैयाँले घटेर सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९३ हजार ६ रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कोरोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
