काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौँमा १ हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै देशभर पछिल्लो २४ घण्टामा थप ३४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ।
उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन्। देशभर संक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
