सोमबार घटेको सुनको मूल्य आज ह्वात्तै बढ्यो, हेर्नुहोस् तोलाको कति ?

काठमाडौँ । आज साताको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्य बढेको छ।

आज प्रतितोला ८ सय रुपैयाँले बढेर सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

हिजो छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९३ हजार ६ रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कोरोबार भएको थियो।

More News last news
Loading...