काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ सय ३१ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौँमा १ हजार १ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुर १ सय ३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा १३ हजार ७ सय ८१ पीसीआर परीक्षण भएका छन्। हालसम्म १० लाख ८८ हजार २ सय २९ पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।
देशभर भने पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
