ललितपुरका नगर प्रहरीले अब लाठी नबोक्ने

काठमाडौँ । ललितपुर महानगरपालिकाका नगर प्रहरीले अब लाठी नबोक्ने भएको छ। महानगरपालिकाले लिएको नीतिअनुसार नगर प्रहरी बलले लाठी नबोक्ने निर्णय गरेको हो।

२०५५ सालबाटै नगर प्रहरीलाई लाठी बोक्न अनिवार्य गरिएको थियो। तर, नगर प्रहरीको भूमिका जनतासँग सहकार्य गर्ने भएको भन्दै ललितपुर महानगरपालिकाले लाठी नबोक्ने नीति लिएको हो।

Advertisement

महानगरपालिका प्रमुख सिताराम हाछेथुका अनुसार सोमबारबाट नगर प्रहरी बलका सबै दर्जाका प्रहरीले गस्तीमा जाँदा लाठी बोक्ने छैनन्।

उनले लाठी पनि एक किसिमको हतियार नै भएको भन्दै नगर प्रहरीको छवीलाई सुधार्न पनि नबोक्ने निर्णय भएको बताए।

विगतमा नगर प्रहरी गस्तीमा जाँदा लाठी बोकेकै कारण विभिन्न अप्रिय घटना भएको भन्दै उनले अब सम्झाई बुझाई गर्नमै जोड लगाउने नीति लिएको बताए।

More News last news
Loading...