गकुल पन्त
गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले साविकको मकैसिङ्ग ताङ्लीचो, फुजेल, दर्बुङ, घ्याल्चोक र भुम्लिचोक गरी साविकका ६ वटा गाउँ विकास समिति मिलेर यस गाउँपालिकामा ८ वटा वडा बनेका छन् ।
जसमा ८ वटा वडाबाट निर्वाचित प्रतिनिधि ५–५ जनाका दरले ४० जना निर्वाचित प्रतिनिधि छन् । जसमा १ जना अध्यक्ष १ जना उपाध्यक्ष र कार्यपालिकाको बहुमतबाट १ जना, दर्बुङबाट १ जना र मकैसिङ्गबाट १ जना मनोनीत गरी जम्मा ४४ जनाको गाउँपालिकामा गाउँसभा गठन भएको छ ।
जुन स्थानीय निर्वाचनबाट तत्कालीन नेपाल कम्युनिष्ट (एमाले) पाटीर्ले कुनै पनि ठाउँमा निर्वाचन जित्न सकेन भने तत्कालीन माओवादीबाट तपशील ठाउँमा निर्वाचित भएका छन्।
जसमा मकैसिङबाट ५ जना निर्वाचित, माओवादीबाट १ जना मनोनित गरी ६ जना, घ्यालचोकको एउटा वडाबाट ५ जना, घयाल्चोकको अर्को वडाबाट ४ जना, भुम्लिचोकबाट ५ जना निर्वाचित गरी भुम्लिचोकबाट ६ जना गरी माओवादीतर्फबाट गाउँसभामा जम्मा २५ जना समावेश भएका छन् ।
यस्तै, नेपाली काँग्रेसका तर्फबाट मकैसिङ्बाट १ जना उपाध्यक्ष, ताङ्लीचोकबाट ५ जना, फुजेलमा एउटा वडाबाट ५ जना, त्यसैगरी अर्को वडाबाट ५ जना, दर्बुङबाट १ जना, घयाल्चोकबाट १ जना, भुम्लिचोकबाट १ जना गाउँपालिका अध्यक्ष गरी जम्मा काँग्रेसको तर्फबाट १९ जना समावेश गरी कुल ४४ जना गाउँसभामा समावेश छन् ।
यति भनिसकेपछि गाउँपालिकाको केन्द्रको विषयमा कन्द्रीय सरकारले भुम्लिङचोकको पुरानो गाउँ विकास समितिको भवनलाई सदर गरेर अस्थायी गाउँपालिका तोकेर पठाएपछि त्यसै ठाउँमा गाउँपालिकाको काम कार्य भइरहेको कुरा अवगत नै छ ।
निश्चित समयसीमा भित्र बहुमतले गाउँपालिका सार्न पाउने अधिकार हुँदासम्म सबैजनाताले पठाएका बहुमत सदस्य कुन सदस्य कुन पार्टीको थियो ? त्यस अबधीसम्म के हेरेर बसेका थिए ?
यो प्रश्न तत् तत् व्यत्ति र तत् तत् प्रतिनिधि ज्युहरुलाई गर्न चाहन्छु । दिनहरु बित्दै गए । समयसीमा भित्र केहीगर्न नखोजेपछि विभिन्न बखेडा झिक्दा काम भने बन्द नै रह्यो । विस्तारै जनातालाई भ्रममा पार्दै अगाडि बढ्दै जाँदा २०७७ साल असोज १० गते अर्को बखेडा झिकेर गाउँपालिका काँग्रेसीले गर्दा सार्न पाइएन भन्ने भ्रम रोपेर अगाडि बढी गाउँसभा स्थगित गराई हार गुहार गर्दै गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङकोमा डेलिगेशन नै गयो।
तर, मूख्यमन्त्री गुरुङसँग कुरा गर्दा गाउँसभामा तपाईहरु बहुमत हुँदा पनि केही गर्न नसक्ने भनी उल्टै हप्काए खाएर फर्किए । र, १३ गते गाउँसभामा भाग लिन बाध्य भएको कुरा कुनै न कुनै तवरबाट सार्बजनिक भयो।
गाउँपालिका केन्द्रका लागि ओखलडांडा बन्नटार भन्ने ठाउँमा चुनाव भयो । चुनावमा काँग्रेसका लागि फेरि नयाँ ठाउँमा र जनतालाई सुविधाको हिसाबले मात्रै भूम्लिचोक भित्रै र ठाउँका विषयमा भोट हाल्नुपर्दा हाल भइरहेको ठाउँमा नै मतदान गरे। किनकी ओखलडांडा र बन्नटारलाई तुलना गर्दा ओखलडांडा नै ठिकजस्तो लागेर मतदान गरे।
अहिले आएर राजनीति गर्ने कम्युनिष्टहरुले भ्रम सृजना गर्नथालेका छन् । केही सीप नलागेर २–४ जना व्यक्तिको स्वार्थका लागि यस्तो भ्रम सृजना गरेको देखिन्छ । यदि सबैको भलो गर्ने जनताको हितमा काम गर्ने हो भने पृथ्वी राजमार्ग नजिक पाएकपर्ने ठाउँमा चुनाव गराउँथे भने काँग्रेस यस हिसाबमा पछि पर्ने थिएन ।
घ्यालचोकको कुनै ठाउँ सिउरेलीटार भूम्लिङचोकको तल मकैसिङको बुटार, दर्बुङको लाकुरी भञ्ज्याङ, ताङ्लीङचोकको दलभञ्ज्याङ लगायतका ठाउँको प्रस्ताव किन ल्याउनु भएन ? यस्ता ठाउँमा चुनाव भएको भए नेपाली काँग्रेसले जनाताको हितमा राखेर मतदान गर्ने थियो ।
आखिर के का लागि राजनीति, यहि हो राजनीति ? तपाइहरुलाई जनताले चुनेर पठाएको आज ४ औँ वर्ष लाग्दा पनि केही त गर्नुहोस्, केन्द्रको सरकारको काम हेर्नुहोस् त्याहाँ पनि त्यस्तै छ । प्रदेशको पनि त्यस्तै अब नभएर स्थानीय तहमा पनि उस्तै समस्या । हाम्रो पुस्ताले भोगेको दुःख अब कति पुस्ताले भोग्ने ? कुरा सोच्ने कहिले हो ?
(गोरखाका युवा नेता गकुल पन्त नेपाली काँग्रेस क्षेत्रनम्बर १ का सहसचिव हुन् ।)
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
