कोरोनाका बेला भगवान बने ताराबहादुर, घरभाडा छुटदेखि भोको पेटलाई भोजनसम्म (भिडियोसहित)

काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढेसँगै काठमाडौँको कलंकी आसपास क्षेत्रमा भगवानको रुपमा उदाय समाजसेवी ताराबहादुर कुँवर।

नेपाल हेभी इक्युपमेन्ट व्यवसायी महासंघका अध्यक्ष समेत रहेका वाफलका समाजसेवी कुँवरले कोरोनाको महामारी र लकडाउनका बेला हातमुख जोर्न कठिन भएका झण्डै १ हजार ३०० वढी परिवारलाई राहात बाँडे।

Advertisement

विषयम परिस्थितिमा सम्बन्धित सरकारी कार्यालयहरु सुस्त भइरहेका बेला समाजसेवी ताराबहादुर कुँवरको हजुरलाई नमस्ते ट्रेड लिंक मन्दिरजस्तै बन्यो। अन्त सबै ठप्प थियो तर कुँवरले भने आफुँलाई समाजसेवामा झन् बढी व्यस्त बनाए।

दुखी र गरीब नागरिकलाई राहात दिए । कुँवर भन्छन्, “मलाई कोरोना भाइरस र मृत्यु देखि कत्ति पनि डर  लागेन । बरु यस्तो  परिस्थितिमा आफुँले सक्दो सहयोग गर्नुपर्छ भन्ने भाव आइरह्यो । त्यसैले मैले कतिलाई यहिँबाट राहात दिएँ भने कतिलाई घरमै पुर्याउन गएँ।”

सुरुमा आफुँले मात्रै राहात अभियान चलाएपनि विस्तारै अभियानमा धेरै समाजसेवीहरु जोडिँदै गएको कुँवरले नयाँ पुस्तालाई बताए । अहिले पनि कुँवरले राहातका लागि सामाग्रीहरु स्टक गरेर राखेका छन्।

जो कोही खानैका लागि समस्यामा परेको भएपनि उनले राहात दिएर पठाउँछन्। लकडाउनसँगै कुँवर साँचिकै गरिखाने वर्गाका लागि भगवान नै बनेका छन् । समाजसेवी कुँवरले अफ्नो घरमा भाडामा बस्ने देखि बैंकसम्मलाई भाडामा छुट पनि दिएका छन्।

बाल्यकालदेखि नै समाजसेवामा लालयित म व्यवसायी बनेर कहिल्यै क्रुर बन्न सक्दिन

बाल्यकालमा सामान्य परिवारमा हुर्किएर ११ वर्षको उमेरमा काठमार्डौँ हानिएको म मा सानैदेखि समाजसेवाको भाव थियो । आफुँले सकेको सहयोग सबैलाई गर्थेँ । समयक्रमसँगै अहिले यो स्थानमा आइपुगेको छ । यसमा भगवानको पनि ठुलो आर्शिवाद होला भन्ने लाग्छ ।

त्यसैले म आफुँले कमाएको झण्डै २० प्रतिशत रकम समाजसेवामा लगाउँछु । हातमुख जोर्न गाह्रो भएकालाई दुई छाक खुवाउन मन लाग्छ । काम खोजेकालाई केही इलम सिकाउन मन लाग्छ र सिकाउँछु । पछिल्लो समय लकडाउन र कोरोनाका महामारीका बेला समाजसेवाको कामले अलि बढी प्रथामिकता पायो।

मैले सँधै तल्लो वर्गका समुदायलाई सहयोग गरेँ। समाजमा भन्ने गरिन्छ व्यापारीको मन हुँदैन । हुन्छ त केबल पैसा र व्यापारका लागि भनिन्छ । तर म मा त्यो कहिल्यै लागु भएन । र म सँग सर संगतमा भएका साथिभाई पनि त्यो किशिमका हुनुहुन्न । सबै सहयोगी हुनुहुन्छ । मैले गरेको काममा सहयोग गर्दै आउनुभएको छ।

कुँवर थप्छन्, हामी मानव जातीमा कहिल्यै पनि अहमता हुनुहुँदैन । किनकी हामी रित्तै आयौँ, रित्तै जाने हो । धन सम्पत्ति भनेको हातको मैला हो । त्यसैले सकेसम्म सबैले सबैलाई सहयोग गर्नुपर्दछ । हामीलाई भगवानले हेर्नुहुन्छ।

कोरोना संक्रमण र लकडाउनसँगै झन् धेरै व्यस्त बनायो

विश्वजगतसँगै नेपालमा पनि कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गयो। कोरोना संक्रमण देखिएसँगै नेपालमा पनि झण्डै ६ महिना लकडाउन भयो । यो लकडाउनमा मैले अहिलेसम्म पूरा गर्न नपाएका घरमै बसेर गर्ने कामहरु गरे । समाजसेवा गर्ने पनि मौका मिल्यो।

कुन क्षेत्रका कुन वर्गलाई राहातको आवश्यकता छ । त्यस्ता गरिखाने वर्गलाई भएको हातमुख जोर्ने समस्या धेरै हदसम्म समाधान गयौँ । धेरै मजदूर वर्गलाई सेवा गर्न पाउँदा निकै खूशी पनि लागेको छ। कोरोनका कारण व्यवसहाय चौपट भएपनि समाजसेवाका कारण झन् व्यस्त बनायो यो समय ।

नेपाललाई फलामको डम्पिङ साइड नबनाऔँ

नेपाल हेभी इक्युपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवरले आवश्यकभन्दा बढी हेभी इक्युपमेन्ट भित्राएर देशलाई फलामको डम्पिङ साइड बनाउन नहुने बताएका छन् ।

महासंघका अध्यक्ष कुँवरले नेपालमा आवश्यक पर्ने भन्दा दोब्बर हेभी इक्युपमेन्ट भित्रिसकेको भन्दै अझै जथाभावी रुपमा इक्युपमेन्ट भित्रिन दिने हो भने नेपाल छिट्टै ठुला फलामको डम्पिङ साइड बन्ने बताएका हुन् ।

चक्रपथ सरसफाई अभियानका अध्यक्ष समेत रहेका कुँवरले नयाँ पुस्ता डटकमसँग कुरा गर्दै भने, “अहिले नेपालमा हेभी इक्युपमेन्ट व्यवसायी महासंघमा मात्रै ९२ हजार बढी व्यवसायी आबद्ध छन् । नेपालमा बढीमा ५० हजार इक्युपमेन्ट मात्रै आवश्यक पर्ने अहिलेसम्मको आधिकारिक अनुमान छ । अहिले नै झण्डै ४० प्रतिशत मेसिनहरु काम बिहिन छन् । अझै सरकारले यसमा नियन्त्रण नगर्ने हो भने नेपाल पूराना फलामहरुको डम्पिङ साइड बन्न सक्छ । यसमा सरकार सजग हुनु जरुरी छ।”

उनले अहिले नै हाइ प्रतिस्पर्धा हुने गरेको बताउँदै लाखौँ तिरेर ल्याइएका मेसिनहरु केही समयमै प्रयोग हुन छाड्ने गरेको बताउँदै बरु सरकारले यस्ता मेसिन मर्मतका लागि वर्कसपहरु स्थापना गरिदिने, दक्ष मिस्त्रीहरु उत्पादन गर्नेकुरामा ध्यान दिनुपर्ने बताए ।

अनावश्यक मात्रामा विदेशी मेशिनहरु खरिद भइरहँदा ठुलो धनराशी बाहिर गएको बताउँदै अध्यक्ष कुँवरले सरकारले नियन्त्रण पोलिसी ल्याएमात्रै पनि विदेश जाने रकम नेपालमै सदुपयोग हुने बताए ।

कोरोना कहरमा यसको घाटा लेखा जोखा गर्न सकिन्न

विश्वसँगै नेपालमा पनि कोरोना संक्रमण देखिन थालेपछि लामो कुनै न कुनै रुपमा लकडाउन भयो। यो समयमा अन्य व्यवसाय जस्तै हेभी इक्युपमेन्टका काम पनि बन्द भए । अध्यक्ष कुँवरका अनुसार, बाटोघाटो खन्ने, सम्याउने, नाली बनाउने, बाटो पिच गर्ने, प्लटिङ् गर्ने, खेतबारी सम्याउने सिजनमै ठ्याक्कै लकडाउन हुँदा ठुलो मात्रामा घाटा भएको छ ।

अध्यक्ष कुँवरले भने, “देशभर रहेका ९२ हजार बढी इक्युपमेन्टमध्ये बढीमा २–३ हजार मात्रै मेशिन चलेका छन् । अब तपाई आफैँ भन्नुहोस् हाम्रा कति मेशिन रोकिएका छन् । फेरि लामो समयसम्म काम रोकिँदा मेशिनमा खिया लागिसकेका छन् । धेरै मेशिनहरु काम नलाग्ने भएका होलान् । त्यसले गर्दा हाम्रो व्यवसायमा कोरोनाको क्षति आँकलन गर्न सकिँदैन । यसले खरबौँ रुपैयाँ घाटा बनाएको छ।”

भिडियोमा हेर्नुहोस् कुँवरसँग गरिएको कुराकानीको विस्तृत अंश

 

More News last news
Loading...