एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्सविरूद्ध शानदार जित हात पारेको छ।
दुई खेलको प्रतिबन्धपछि मैदान फर्किएका नेयमारले उत्कृष्ट प्रदर्शन गर्दै पीएसजीलाई जित दिलाएका हुन्।
घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको हो।
पीएसजीका लागि नेयमारले दुई तथा एलेसान्ड्रो फ्लोरेन्जी, जुलिएन ड्रेक्सलर, इड्रिसा गुएयी र केलियन एमबाप्पेले एक–एक गोल गरे।
एन्जर्सका लागि इजमाइल ट्राओरीले एक गोल गरेका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
