अब लकडाउन गर्ने योजना छैनः स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब लकडाउन गर्ने कुनै योजना नभएको जनाएको छ ।

केही दिन अघि २५ हजार सक्रिय सङ्क्रमित भएपछि फेरि पनि बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेको मन्त्रालयले अब भने संक्रमित बढे पनि व्यवस्थापन गर्न सकिने जनाउँदै लकडाउन नगर्ने जनाएको हो ।

Advertisement

यही असोज ७ गते सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार सक्रिय सङ्क्रमित भएपछि सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने भन्दै सरकारलाई बन्दाबन्दी गर्नुपर्ने सिफारिस गर्ने निर्णय गरेको थियो।

सरकारको सक्रिय सङ्क्रमित २५ हजार पुगेपछि नीजि स्वास्थ्य संघ–संस्था र होटेलमा पनि सक्रिय सङ्क्रमितलाई राख्ने योजना बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

More News last news
Loading...