एकैदिन २ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

Advertisement

यस्तै, आज देशभर ९ हजार ४७४ संस्थागत आइसोलेशन र ११ हजार ७६० जना होम आइसोलेशनमा रहेका छन्।

यसैगरी बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं १२८०, ललितपुरमा १६२, र भक्तपुरमा १९६ गरी कुल १६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उनका अनुसार बितेको २४ घण्टामा थप ३३०७ जना निको भएका छन् । यससँगै निको हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको गौतमले बताए।

आज देशभर १४ हजार ७३९ जनाको पीसीआर टेष्ट गरिएको थियो ।

More News last news
Loading...