बामदेव गौतमको मुद्दा संवैधानिक इजलासमा, सुनुवाइ हुँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज पनि सुनुवाई हुँदैछ।

यसअघि उक्त रिट बुधबार हेर्दा हेर्दैको अवस्था राखेर आज शुक्रबारका लागि सुनुवाई तोकिएको थियो।

Advertisement

उपाध्यक्ष गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेपछि पार्टी भित्रै र बाहिर पनि विरोध हुँदै आएको छ ।

प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेपाली काँग्रेस (विपी), जनता समाजवादी पार्टी लगायतले भर्खरैको निर्वाचनमा पराजित उम्मेद्वारलाई जवरजस्ती राष्ट्रिय सभामा मनोनित गर्दा गलत नजिर बस्ने भन्दै गौतमलाई गरिएको मनोनयन खारेज गर्न माग गर्दै आएका छन् ।

More News last news
Loading...