काठमाडौँ । स्याङ्जाको चापाकोट नगरपालिकामा आँखा उपचार केन्द्रको शुभारम्भ गरिएको छ।
बिएम फाउन्डेसेन र ताइवान प्रिभेन्टिभ ब्लाइन्डनेश फाउन्डेसनको प्राविधिक सहयोगमा करिव ३० लाखको लागतमा आँखा उपचार केन्द्रको स्थापना गरिएको हो।
यसैबीच उक्त केन्द्रमा एक दिने आँखा शिविर समेत सम्पन्न भएको बि.एम. फाउण्डेसनका अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए।
उनले उपचार केन्द्र शुरु भएसँगै पोखरा, पाल्पा जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे। आँखा शिविरमा करिब १ सय ५० जनाले आँखाको उपचार गराएको आयोजकले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
