आज घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौँ । साताको पाँचौ दिन अर्थात आज बिहीबार सुनको भाउ घटेको छ।

हिजो ५ सय रुपैयाँले बढेको छापावाल सुनको भाउ आज प्रतितोला २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

हिजो छापावाल सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला ११ सय ७५ रुपैयाँमा कोरोबार भएको छ। हिजो चाँदी प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...