बामदेवको मनोनित खारेज गर्न माग गर्दै सर्वोच्च अगाडि नेपाली काँग्रेस (विपी) को धर्ना

काठमाडौँ । नेपाली काँग्रेस (विपी) ले संविधानको खिलापमा गै राष्ट्रिय सभामा नेकपाका पराजीत उम्मेद्वार बामदेव गौतमलाई गरिएको मनोनित खारेज गर्न माग गर्दै सर्वोच्च अदालत अगाडि धर्ना दिएको छ ।

नेकपा उपाध्यक्ष समेत रहेका गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनित खारेज गर्न माग गर्दै आज सर्वोच्च अदालत अगाडि धर्ना दिएको छ।

Advertisement

काँग्रेस (विपी) का नेता कार्यकर्ताहरुले संविधानको खिलापमा गै जनअनुमतको अपमुल्याङ्कन गर्न पाईदैन, जनअनुमत नस्विकार्ने हो भने निर्वाचनमा राज्यको सम्पत्ति किन दुरुपयोग गरियो, चोर बाटो प्रयोग गरि सांसद् मन्त्री बनाउने कार्य बन्द गरियोस्, अधिवक्ता दिनेश त्रिपाठि र बद्री राज भट्टले संवैधानिक पक्षमा दायर गरिएको रिट सुनाई होस्, लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए ।

गौतमलाई राष्ट्रिय सभामा मनोनीत गरिनु संविधानको विरुद्धमा भएको भन्दै दायर गरिएको रिटको आज सर्वोच्च अदालतमा सुनाई हुँदै गर्दा नेपाली काँग्रेस (विपी) का महामन्त्री तथा पुर्व मन्त्री सुशीलमान शेरचनको नेतृत्वमा गएको समुहले प्लेकार्ड सहित सर्वोच्च अदालत अगाडि धर्ना दिएको हो। सर्वोच्चमा अधिवक्ता दिनेश त्रिपाठी र बद्री राज भट्टले हालेको रिटको सुनुवाइ आज टरेको छ । उक्त रिट सर्वोच्च अदालतले हर्दा हेर्दैमा राखेको छ ।

काँग्रेस विपीका नेता कार्यकर्ताहरुले सर्वोच्च अगाडि नै धर्ना दिन थालेपछि प्रहरीले निशेधित क्षेत्र भन्दै त्याँबाट लखेटेको थियो । त्यसपछि काँग्रेस विपीका कार्यकर्ताले माइतीघर मण्डलामा धर्नामा बसेका थिए ।

त्यहाँ केहि समय धर्ना बसे पछि पार्टी महामन्त्री शेरचनले संविधानको खिलापमा गै गौतमलाई राष्ट्रिय सभामा नियुक्ति गरिन नहुने बताउदै धर्ना कार्यक्रम समापन गरेका थिए।

More News last news
Loading...