काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी धर्मपत्नी हिसिला यमीले खुल्लामञ्चमा पुगेर सर्वसाधारणलाई खाना खुवाएका छन्।
भट्टराई दम्पत्तिले आज विहान खाना खुवाएको तस्विर सामाजिक सञ्जालमा छाएको छ।

लकडाउन कारण बेरोजगार मजदुर, दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई विभिन्न संघरसंस्थाहरुले खाना खुवाउने व्यवस्था गर्दै आएका छन्।
उनीहरुकै अभियानमा भट्टराईले आज खाना खुवाएका हुन्। भट्टराई दम्पत्तिले खाना वितरण गरिरहेको बेलामा सर्वसाधारणहरुसँग भलाकुसारीपनि गरेक थिए। 
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
