काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्।
बुधबार काठमाडौँ उपत्यकामा मात्रै ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
गौतमका अनुसार आज देशभर सक्रिय संक्रमित २० हजार ८९१ जना रहेका छन्।
जसमा संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेशनमा १० हजार ८०४ रहेको छ।
यस्तै, आज १२ हजार २०५ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैबीच देशभर पछिल्लो २४ घण्टामा १ हजार ५७ संक्रमित कोरोना जितेर घर फर्किएका छन् भने निको हुनेको कुल संख्या ५६ हजार ४२८ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
