काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९ सय २ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार नियमित मिडिया ब्रिफिङका क्रममा काठमाडौँमा ६ सय ९७, ललितपुरमा १ सय १२ र भक्तपुरमा ९३ जना संक्रमित थपिएको जानकारी दिइएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२ हजार २ सय ५ पीसीआर परीक्षण भएका छन्।
अध्यावधिक विवरणअनुसार मंगलबार उपत्यकामा ९ सय ३४ जनामा कोरोना संक्रमित फेला परेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
