सूर्य नेपालले शुक्लगण्डकी नगरपालिकालाई दियो एम्बुलेन्स

दुलेगौँडा । तनहुँको शुक्लगण्डकीमा उद्योग सञ्चालन गरेको सूर्य नेपाल प्रालिले सोही नगरपालिकालाई एउटा एम्बुलेन्स प्रदान गरेको छ।

प्रालिले मंगलबार एक विज्ञप्ति जारी गर्दै नगरपालिकाबाट माग भए बमोजिम कम्पनीले निःशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराएको जनाएको छ।

Advertisement

कम्पनीका व्यवस्थापक गौतम यादवले जानकारी दिएअनुसार सो एम्बुलेन्स नगरपालिकालाई हस्तान्तरण गरिसकिएको छ।

एम्बुलेन्स सञ्चालनको जिम्मेवारी दुलेगौडास्थित खैरेनीटार स्वास्थ्य चौकीलाई दिइएको छ।

More News last news
Loading...