काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनाको विद्युत् महसुल असोज २२ गतेसम्म तिरेमा थप शुल्क र जरिबाना नलाग्ने जनाएको छ।
भदौ महिनामा देशका धेरैजसो ठाउँमा लकडाउन र निषेधाज्ञा भएकाले मिटर रिडिङ तथा बिलिङ समयमा हुन नसक्दा उपभोक्तालाई महसुल तिर्न समस्या भएकाले यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले भनेको छ, ‘२०७७ साल भदौ महिनाको महसुल भुक्तानी गर्दा छुट तथा थप दस्तुर लाग्ने समय हेरफेर गरी २०७७ असोज २२ गते सम्म महसुल भुक्तानी गरेमा कुनै थप दस्तुर नलाग्ने र असोज २३ देखि ३० गते सम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरिएको छ।’
कुनै उपभोक्ताले २०७७ साल भदौ महिनाको महसुल भुक्तानी गर्दा थप दस्तुर यसअघि तिरेको भए थप दस्तुर आगामी बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
