काठमाडौँ । कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएपछि सुर्खेतको लेकवेशी नगरपालिकाको सेवा बन्द गरिएको छ।
नगरपालिकामा कार्यरत पाँचजना कर्मचारी र एकजना जनप्रतिनिधिमा संक्रमण पुष्टि भएपछि नगरपालिका एक साताका लागि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खरेलले जानकारी दिए।
उनका अनुसार नगरपालिका र वडा कार्यालयहरुका सबै सेवा बन्द गरिएको छ।
अत्यावश्यक बाहेक अन्य सबै सेवा असोज १३ गतेदेखि १९ गतेसम्मका लागि बन्द गरिएको हो।
नगरपालिका क्षेत्रमा सञ्चालन भएका विद्यालयहरु पनि बन्द गर्न निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत खरेलले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
