नेपालमा सक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो

आज मात्रै थपिए १ हजार ५१३ संक्रमित

काठमाडौं । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५१३ संक्रमित थपिएका छन् ।

Advertisement

यस्तै, आज काठमाडौ उपत्यकामा ९३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यस्तै, देशभर संस्थागत आइसोलेशनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेशन १० हजार ७०७ जना रहेकाछन्।

पछिल्लो २४ घण्टामा ७३१ जना डिस्चार्ज भएका छन् ।

More News last news
Loading...