पाल्पामा दुई पुरुषको शव फेला

पाल्पा । पाल्पाका दुइ अलगअलग स्थानमा दुइवटा शव फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रम्भा गाउँपालिका वडा नं ३, सिखरडाँडा बस्ने ३३ वर्षका राजकुमार थापामगर मृत अवस्थामा फेला परेका हुन्।

Advertisement

गत भदौँ १५ गते नजिकैको जंगलमा दाउरा लिन भनी हिडेका राजकुमार आइतबार घर नजिकै गएको पहिरोमा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाका अनुसार राजकुमार हराएदेखि नै पहिरोमा पुरिएको आशंकामा शसत्र प्रहरी र स्थानीय बासिन्दाले खोजविन गरेका थिए। यद्यपी उनको शब फेला पर्न सकेको थिएन।

आइतबार स्थानीय बासिन्दाले राजकुमारको शब पुन सोही पहिरोमा पाएको सूचनाको आधारमा प्रहरीले अनुसन्धान कार्य अगाडि बढाएको पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए।

यसैगरी पश्चिम पाल्पाको तिनाउ गाउँपालिका १ झिङ्गामारामा एक पुरुष मृत भेटिएका छन्।

रुपन्देही सैनामैना नगरपालिका ४ का ५७ वर्षीय कृष्ण बहादुर थापा झिङ्गामारा स्थित जंगलमा मृत अवस्थामा फेला परेको प्रदेश पाँचको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

More News last news
Loading...