आज घट्यो कि बढ्यो सुनको भाउ ? यस्तो छ मूल्य

काठमाडौँ । आज साताको दोस्रो दिन सोमबार सुनको भाउ स्थिर रहेको छ ।

आइतबार प्रतितोला ६०० रुपैयाँ घटेर तोलाको ९३ हजार ३ सय रूपैयाँमा कारोबार भएको सुन आज सोमबार स्थिर छ ।

Advertisement

गत शुक्रबार सुन ९३ हजार ९ सय रुपैयाँ पुगेको थियो।

यस्तै, आज तेजावी सुनको मूल्य पनि स्थिर छ ।

आज तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ८०० रुपैयाँ रहेको छ।

शुक्रबार तेजावी सुन प्रति तोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज सुनसँगै चाँदीको भाउ पनि स्थिर छ ।

आज चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ।

शुक्रबार चाँदी १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...