काठमाडौँ । चीन र भारतबीच विवाद चलिरहेका बेला चीनले आक्रामक रवैया अपनाएको छ। चीनले अब भारतलाई पाठ सिकाउने बेला आएको जनाएको छ।
उसले भारतलाई गैरजिम्मेवार भन्दै अब चीनले भारतमाथि कडाइ गर्ने समय आएको बताएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले आफ्नो सम्पादकीय पृष्ठमा लेखेको छ ‘भारतले सिंहको खोल ओढेर चीनलाई धम्की दिइरहेको छ ।’
चीन र भारतबीच सोमबार सैन्य कमाण्डर स्तरीय वार्तामा तनाव कम गर्ने सहमति भएको तीन दिनमै भारतीय अखबार द हिन्दूसँग कुरा गर्दै भारतका बरिष्ठ सरकारी अधिकारीले चीनको जनमुक्ति सेना नजिक आएमा भारतीय सेनाले गोली चलाउन सक्ने अभिव्यक्तिप्रति लक्षित गर्दै चीनले यस्तो भनेको हो ।
भारतले हालै केही उच्च पहाडरुमा गैरकानुनी कब्जा गरेको र यसरी धम्की दिएर चीनको जनमुक्ति सेना नजिक आउँदैन भन्ने भ्रम पालेको ग्लोबल टाइम्सले लेखेको छ ।
ग्लोबल टाइम्सले सीमामा स्थिति आफ्नो पक्षमा भएको अवस्थामा उसले तनाव वार्ताबाट कम गर्ने पक्षमा वकालत गर्ने तर आफू कमजोर भएको अवस्थामा युद्धको स्थिति सृजना गर्ने आरोप लगाएको छ ।
जब भारतले आफूलाई केही फाइदा भएको देख्छ त्यतिबेला उसले चीनले वार्ताको लागि अग्रसर होस् भन्ने चाहने गरेको भन्दै ग्लोबल टाइम्सले भनेको छ ‘उसले बेइजिङले पूरै क्षेत्र आफूलाई छोडिदेओस् भन्ने चाहन्छ ।’ सीमा क्षेत्रमा रणनीतिक उचाइका स्थलहरु नियन्त्रण गर्ने भारतको पहिलेदेखिको नै नियत भएको लेखमा उल्लेख छ ।
चीनले सीमामा कहिल्यै युद्ध नचाहेको र विकासशील छिमेकीलाई भाइको रुपमा हेरिरहेको बताउँदै ग्लोबल टाइम्सले लेखेको छ ‘चीनले भारतसँग सहकार्यलाई द्विपक्षीय र बहुराष्ट्रिय स्तरमा प्रबद्र्धन गरिरहेको छ र अहिले चीनले भारतसँगै माथि उठ्ने प्रयास गरिरहेको छ तर भारतले यस्तो सोच्दैन ।
यसले चीनबाहेकको विश्वव्यापी औद्योगिक चेन बनाउन खोजिरहेको छ । ऊ चीनको उदयको विरुद्ध अमेरिकाको साथमा उभिन चाहन्छ । उसले चीनको उदयलाई भूरणनैतिक आँखाबाट हेरिरहेको छ र उसलाई डर छ कि भोलि चीन एसियामा प्रभावशाली शक्ति बन्नेछ ।’
ग्लोबल टाइम्स अगाडि लेख्छ ‘भारतले सीमा विवाद समाधान गर्नेतर्फ कुनै जिम्मेजारी देखाएको छैन । उसको एउटै नियत भनेको चीनले यो समस्यालाई भारतको लाभ हुने गरी अगाडि बढाओस् भन्ने हो ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
