गण्डकी प्रदेशमा मात्रै आइतबार १०४ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ७७ पुगेको छ।

प्रदेशमा आइतबार मात्रै १०४ जना संक्रमित थपिएका हुन् । आज कास्कीमा मात्रै २४ जनामा कोरोना देखिएको छ।

Advertisement

आइतबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दुई पटक विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो।

निर्देशनालयले जारी गरेको पछिल्लो (दोस्रो) विज्ञप्ति अनुसार प्रदेशमा ३३ जना कोरोना संक्रमित थपिएका छन्।

संक्रमित हुनेमा कास्की जिल्लाका ३, लमजुङका ५, स्याङजाका २, नवलपुरका १५, तनहुँका ६ तथा पर्वतका २ जना रहेका छन् ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा ९ का अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा कार्यरत २५ र ४६ वर्षका दुई पुरुष तथा मादी गाउँपालिका ३ का ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, लमजुङको सुन्दरबजार ९ का २४, ३९ र ४६ वर्षका ३ पुरुष तथा २८ वर्षीया एक महिला, बेसीसहर १ का ४७ वर्षीय पुरुष, स्याङजाको चापाकोट १ का ३८ वर्षीय पुरुष र वालिङ १ का ३८ र ३० वर्षीय पुरुष, तनहुँको म्याग्दे ५ र ७ का १५ र ३२ वर्षका महिला, ६, १, २ र ४ का ३१, २६, ३५ र ३७ वर्षका पुरुष तथा पर्वतको कुश्मा नगरपालिकाका नेपाल आर्मीमा कार्यरत २८ र ३७ वर्षका पुरुषमा कोरोना देखिएको छ।

उता कान्छो जिल्ला नवलपुरको कावासोती ६ का ३८ वर्षीय पुरुष, देवचुली ३ का २६ वर्षीय, १२ का २९ वर्षीय, १० का ३२ वर्षीय, २ का २५ वर्षीय, १७ का ३३ वर्षीय, १३ का वर्षीय, ११ का २६, ३०, ५३ र ३८ वर्षीय पुरुष, वडा नखुलेका ३३ र २९ वर्षका पुरुष तथा २८ र २६ वर्षका दुई महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

यसअघि निर्देशनालयले आज जारी गरेको पहिलो विज्ञप्ति अनुसार गण्डकी प्रदेशमा ७१ जना कोरोना संक्रमित थपिएका थिए।जसमध्ये कास्कीको पोखरामा अपार्टमेन्टमा काम गर्ने कामदारसहित २१ जनामा कोरोना पुष्टि भएको थियो।

More News last news
Loading...