काठमाडौँ । आइतबार मध्यान्ह बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ। प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
साथै नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डाअन्जन शाक्यलाई अधिकार दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
नेकपाका दुई अध्यक्षबीच आज बिहान भएको छलफलमा मन्त्रीमण्डल हेरफेर गर्नेबारे छलफल भएपनि त्यसबारे मन्त्रिपरिषदमा कुनै प्रसंग उठाइएको थिएन।
मन्त्रीमण्डल हेरफेर तथा थप गर्नेबारे पछिल्लो समय नेकपा दुई अध्यक्षबीच छलफल चलिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
