विदेशमा कोभिड-१९ को संक्रमणबाट थप २१ जना नेपालीको मृत्यु

४२ देशमा साढे ३८ हजार बढी संक्रमित

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विभिन्न मितिमा थप २१ जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

एनआरएनएका अनुसार पछिल्लो साता कुवेतमा ५, साउदी अरबमा १४, युएईमा १, युगान्डामा १ गरी २१ जना नेपालीको ज्यान गएको हो ।

Advertisement

अधावधिक विवरण अनुसार शनिबार साँझसम्म विश्वका १७ देशमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या २ सय ६५ पुगेको छ ।

४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली संक्रमित

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपालीमा कोरोना भाइरस फैलिएको छ ।

संक्रमित मध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भइसकेका छन् । यो निको हुनेको संख्या कुल संक्रमितमध्ये ९२ प्रतिशत हो।

यो साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको समितिका संयोजक डा. संजीव सापकोटाले जानकारी दिए ।

नेपालमा ७१ हजार ८ सय २१ जना कोरोना संक्रमित

नेपालमा मात्र ७१ हजार ८ सय २१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन ।

ती मध्ये ५३ हजार १३ जना कोरोना मुक्त भएका छन् ।

यो कुल संक्रमितको ७१ प्रतिशत हो ।

हालसम्म नेपालमा ४ सय ६७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ।

कोरोना भाइरसकै कारण नेपाल सहित विश्वभर छरिएका नेपाली मध्य ७ सय ३२ जनाको निधन भएको छ ।

यस्तै विश्वभर १ लाख १० हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ८८ हजार ९१ जनाको कोरोना भाइरसबाट मुक्त भएका छन् ।

हावाबाट कोरोना सर्दैन

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले नेपालमा हावाबाट कोरोना सर्छ भन्दै विभिन्न अनलाइन मिडियामा आएका समाचारप्रति सत्यता नभएको प्रष्ट पारेको छ ।

समितिका संयोजक डा. संजीव सापकोटाले भने, ‘दुई मिटर (६ फिट) सम्मको दुरीमा एक अर्काका कोरोना भाइरस गर्दैन् । कोनोना भाइरस हावाबाट अर्कोमा सर्ने सम्भवना निकै कम हुन्छ।’

स्वास्थ्य समितिले कोरोना संक्रमणको जोखिम उच्च रहेको जानकारी दिँदै बाहिर निस्कने समय मास्क लगाउन (फेस कभर) गर्न आग्रह गरेको छ।

कोरोनाका कारण विश्वव्यापी लकडाउनपछि आत्महत्यामा भएको वृद्धिप्रति पनि चिन्ता व्यक्त गर्दै आफ्नो परिवारभित्र एकले अर्कोलाई प्रशस्त समय दिन पनि समितिले सुझाब दिएको छ।

७८ हजार ३ सय ४३ जनाको उद्धार

कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ।

हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३२ देशमा अलपत्र परेका ७८ हजार ३ सय ४३ जनाको नेपालीको उद्धार गरिएको छ।

चीनबाट कोरोना भाइरसको संक्रमण भए लगत्तै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड १९ उच्चस्तरीय समिति विदेशमा अलपत्रमा परेका नेपालीको उद्धार र राहत वितरणमा सक्रिय रहेको संघले जनाएको छ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले विदेशस्थित नेपाली कुटनीतिक नियोग, गैर आवासीय नेपाली संघका राष्ट्रिय शाखा, विदेशका विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, सामाजिक संघसंस्था लगायतबाट प्राप्त सूचनाको आधारमा विगत २४ साता देखि लगातार विदेशमा कोरोना भाइरसबाट प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्दै आएको छ।

More News last news
Loading...