काठमाडौँ । भारतका शीर्ष राजनीतिज्ञ पूर्वमन्त्री जसवन्त सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ।
मल्टिअर्गान डिसफङ्सनबाट पीडित भएका उनको दिल्लीस्थित आर्मी अस्पतालमा आइतबार निधन भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई २५ जूनमा उक्त अस्पतालमा भर्ना गरिएको थियो । आइतबार बिहानै उनलाई कार्डियाक अरेस्ट भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै सिंहको निधनमा शोक व्यक्त गरेका छन्। जसवन्त सिंहले सन् १९६० मा सेनाको मेजर पदबाट राजीनामा दिएर राजनीतिमा होमिएका थिए । अटल बिहारी बाजपेयीको सरकारमा उनी विदेश मन्त्री भएका थिए । सन् १९९८ देखि २००४ भित्र उनले रक्षा, अर्थ र विदेश मन्त्रालयको नेतृत्व गरे । उनी बाजपेयीका विश्वासपात्र मानिन्थे ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
