काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राईडर्सले सनराईजर्स हैदराबादलाई ७ विकेटले हराएको छ।
राति भएको खेलमा हैदराबादले दिएको १ सय ४३ रनको लक्ष्य कोलकत्ताले १८ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो।
कोलकत्ताको जितमा शुभमन गिलले अविजित रहँदै ७० रनको अर्धशतकीय इनिङ्स खेले।
यस्तै इयान मोर्गनले अविजित ४२ रन बनाए।
नितिस रानाले २६ रन जोड्दा कप्तान दिनेश कार्तिक र सुनिल नारिन खाता नखोल्दै पेभेलियन फर्किए।
हैदराबादका खलिल अहमेद, राशिद खान र टी नटराजनले १/१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो।
हैदराबादका लागि मनिष पाण्डेले ५१ रनको अर्धशतकीय इनिङ्स खेले।
उनले ३८ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
यस्तै कप्तान डेभिड वार्नरले ३६ रन जोड्दा जोनी बेयस्र्टो ५ रनमा आउट भए।
रिद्धिमान शाहले ३० तथा मोहमद नाबीले अविजित ११ रन बनाए।
कोलकत्ताका पाट कुमिन्स, भरुण चक्रवर्ती र आन्द्रे रसेलले १/१ विकेट लिए।
जितसँगै कोलकत्ताले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा कोलकत्ता मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो।
हैदराबादको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो भने कोलकत्ताले मुम्बई इन्डियन्ससँग ४९ रनको फराकिलो हार व्यहोरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
